काठमाडौं । आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौंमा बिहीबार पनि प्रदर्शन जारी राखेका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा नाँचगानसहित निधारमा कालो पट्टि बाँधेर विरोध गरेका छन् ।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूका माग सम्बाेधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।
राहत शिक्षकहरूले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरूका माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
तस्बिरहरू :

















प्रतिक्रिया