काठमाडौं । आन्दोलनरत डाक्टरहरू र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । मंगलबारदेखि आन्दाेलित डाक्टरहरूसँग आज (बिहीबार) साँझ ६ बजेदेखि गृह मन्त्रालयमा करिब ३ घण्टा भएको वार्ता निष्कर्षविहीन बनेको हो ।
सरकारले डाक्टरहरूलाई जारी आन्दोलन फिर्ता लिन दबाब दिएको आन्दोलनमा सहभागी डाक्टरहरूले बताएका छन् । मणिपाल अस्पतालका प्रतिनिधिहिरु आएपछि आफूहरू टुंगोमा पुग्ने उनीहरूले बताए ।
उनीहरूले मन्त्रालयमा दुई पेजको आफ्ना मागहरु पनि बुझाएका छन् ।
प्रतिक्रिया