काठमाडाैं । सुनको मूल्यमा लगातार गिरावट आएको छ ।
साताको अन्तिम कारोबारमा दिन शुक्रबारमा पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया