Logo

स्वास्थ्य

२४ घण्टामा २ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिए , १७ जनाको मृत्यु



काठमाडौं । मुलुकमा थप २ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ३ सय ६४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ सय पुगेको छ ।

कोरोनाबाट अत्यधिक प्रभावितहरुको सूचिमा नेपाल ३४ औं स्थानमा रहेको छ । वर्ल्डोमिटरका अनुसार ३३औं स्थानमा रहेको इक्वेडरमा विहीबार अपराह्नसम्म कुल संक्रमितको संख्या १ लाख ६४ हजार ९०८ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबार अपराह्नसम्मको अद्यावधिक विवरणअनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।

विहीबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९०४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १३ कार्तिक २०७७, बिहिबार