काठमाडौं । एसियन गेम्समा पदकको आश गरिएको इ–स्पोर्ट्सको एलिटको रुपमा रहेको पब्जी मोबाइलमा नेपालले हार बेहोरेको छ । समूह सीको उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको नेपाली टिमले फाइनल चरण पार गर्न सकेन ।
समूह एको सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै नेपाल फाइनल चरण पुग्न बञ्चित बन्यो । नेपालले तेस्रो स्थानमा रहेको छ । समूह एको चार टोलीमा जापान अन्तिम स्थानमा रह्यो ।
नेपालले ५४ मिनेट ३३ दशमलव ३४६ सेकेन्डको समय निकाल्यो । नेपाल भन्दा अघि रहेको ताइपेले ५२ मिनेट १९ दशमलव ३९३ सेकेन्ड र शीर्ष स्थानको कोरियाले ५० मिनेट ३७ दशमलव १५१ सेकेन्डको समय निकाल्यो । चौथों स्थानमा रहेको जापानले ५४ मिनेट ४२ दशमलव ५३१ सेकेन्डको समय निकालेको थियो ।




















प्रतिक्रिया