Logo

कोशी प्रदेश

एमाले कोशी अधिवेशन : मतदान ५ बजेदेखि हुने



विराटनगर । नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशनमा सहमति जुट्न नसकेपछि साँझ ५ बजेदेखि मतदान हुने भएको छ ।

यसअघि बिहान ११ बजेदेखि मतदानको समय तोकिएको थियो । त्यसपछि मतदानको समय १ बजेलाई सारियो । सहमतिको प्रयास गर्ने भन्दै पुनः ५ बजेका लागि मतदानको समय सारिएको हो ।

यसअघि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए ।

निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छैन । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको आचार्यले बताए ।

एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १६:२२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।