Logo

प्रमुख समाचार

जापान पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ



काठमाडौं । जापान पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एकजना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–२ का ५० वर्षीय डिल्लीराम खतिवडा रहेका छन् ।

खतिवडा जेनुइन प्लेसमेन्ट प्राइभेट लिमिटेड मेनपारमा सञ्चालक हुन् । उनी हाल काठमाडौंस्थित धुम्बाराहीमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनले ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने आश्वासन दिएर प्रतिव्यक्ति आठ लाख रुपैयाँ उठाएका थिए । उनले जापान पुगेपछि प्रतिष्ठित कन्ट्रक्सनमा काम लगाइदिने र मासिक एकलाख ८० हजार तलब हुने आश्वासन दिएका थिए ।

उनले पीडितहरूबाट पटक(पटक गरी ४६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ ।

रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ०८:५७   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।