काठमाडौं । जापान पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एकजना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–२ का ५० वर्षीय डिल्लीराम खतिवडा रहेका छन् ।
खतिवडा जेनुइन प्लेसमेन्ट प्राइभेट लिमिटेड मेनपारमा सञ्चालक हुन् । उनी हाल काठमाडौंस्थित धुम्बाराहीमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनले ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने आश्वासन दिएर प्रतिव्यक्ति आठ लाख रुपैयाँ उठाएका थिए । उनले जापान पुगेपछि प्रतिष्ठित कन्ट्रक्सनमा काम लगाइदिने र मासिक एकलाख ८० हजार तलब हुने आश्वासन दिएका थिए ।
उनले पीडितहरूबाट पटक(पटक गरी ४६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ ।
रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए ।




















प्रतिक्रिया