Logo

अर्थ

‘आईएमई पे’मा आईएमई गर्दा कराेडपति बन्ने माैका डबल 



काठमाडाैं । विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम मार्फत नेपाल पठाउन प्रोत्साहन गर्ने उद्देश्यले नेपालको पहिलो डिजिटल वालेट IME Pay ले IME Remit सँगको सहकार्यमा “आइएमई गरौँ, करोडपति बनौँ” अभियान सार्वजनिक गरेको छ ।

यहि अशोज २ गतेबाट सुरु भइ १ वर्ष सम्म चल्ने यस महा-अभियानमा विदेशको कुनै पनि कुनाबाट IME मार्फत रकम पठाइ IME Pay मा प्राप्त गर्दा लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेताले रु. १ करोड नगद जित्न सक्नेछन् ।

साथै प्रत्येक महिना १ जना भाग्यशाली विजेताले रु. १ लाख नगद पनि प्राप्त गर्न सक्नेछन् । IME Pay वालेटमा रेमिटेन्स प्राप्त गर्दा पठाउने र प्राप्त गर्ने दुवैजना लक्की ड्रमा सहभागि हुने भएकोले करोडपति बन्ने दोब्बर मौका प्राप्त हुनेछ ।

यस्ता छन् नियम र सर्तहरू:

  • यो अभियान असोज २, २०८० बाट सुरु भइ २०८१ भदौ मसान्तमा समाप्त हुनेछ।
  • यस अभियान अन्तर्गत IME Pay मा रेमिटेन्स प्राप्त गर्दा लक्की ड्र मार्फत १ जना सेवाग्राहीले रु. १ करोड जित्न सक्नेछन् ।
  • IME Pay मार्फत रेमिटेन्स प्राप्त गर्दा पठाउने र प्राप्त गर्ने दुवै जना लक्की ड्रमा सहभागि हुने भएकोले रु. १ करोड जित्ने मौका दोब्बर हुनेछ । अन्य माध्यमबाट (IME counter तथा बैंक खाता) रेमिटेन्स प्राप्त गर्दा पठाउनेले मात्र लक्की ड्रमा सहभागि हुन सक्ने व्यवस्था रहेको छ ।
  • यस अभियान अन्तर्गत IME Pay मार्फत रेमिटेन्स प्राप्त गर्दा प्रत्येक महिना १ जना रेमिटेन्स पठाउने सेवाग्राहीले लक्की ड्र मार्फत रु. १ लाख पनि जित्न सक्नेछन् ।
  • यस अभियानमा IME का संस्थापक, IME समूह भित्रका कर्मचारीहरू र व्यवसायिक साझेदारहरू सहभागी हुन योग्य हुने छैनन्।
  • विजेताहरुको घोषणा IME तथा IME Pay को विभिन्न सामाजिक संजाल (Facebook, Tiktok आदिको) LIVE कार्यक्रम मार्फत गरिनेछ ।
  • विजेताहरूले घोषणा भएको दुई महिना भित्र आफ्नो पुरस्कार दाबी गर्नुपर्छ। त्यसो गर्न असफल भएमा IME लाई पुरस्कार रद्द गर्ने अधिकार रहनेछ ।
  • नेपाल सरकारको नियम बमोजिमका करहरु कट्टा गरी पुरस्कार प्रदान गरिनेछ ।
  • यस अभियान अन्तर्गतका नियम र सर्तहरु परिमार्जन गर्ने अधिकार IME तथा IME Pay सँग सुरक्षित छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १९:४३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।