Logo

अर्थ

नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण



काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

सरकारले बजेटमार्फत भने चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमात्रै भएको थियो ।

मौद्रिक नीति खुकुलो बन्दै जानु, पर्यटन क्षेत्रमा सुधार आउनु, आयातमा लागेको प्रतिबन्ध हट्नुले नेपालको आर्थिक वृद्धिदर सन्तोषजनक रहने विश्व बैंकको अनुमान छ ।

चालु आर्थिक वर्षमा कृषि तथा उद्योग क्षेत्रको वृद्धि सामान्य मात्रै भए पनि सेवा क्षेत्रको वृद्धि सन्तोषजनक हुने प्रक्षेपण छ । कृषि क्षेत्रको वृद्धि २ दशमलव १ प्रतिशत र उद्योगको वृद्धिदर ३ दशमलव २ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । त्यस्तै, सेवा क्षेत्रको वृद्धि दर ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ मा भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १३:४६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।