Logo

प्रमुख समाचार

पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा राजु केसी नियुक्त



काठमाडौं । पशुपति विकास कोषको निमित्त सदस्य सचिवमा राजु केसी नियुक्त भएका छन् । यसअघि मिलन थापा सदस्य सचिव रहेका थिए ।

थापा सुनको जलहरी काण्डमा मुछिएपछि निलम्बित भएका थिए । उनीविरुद्ध अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ । डा. मिलनकुमार थापा यसअघि २०७८ भदौंमा नियुक्त भएका थिए ।

पर्यटन मन्त्रालयले पशुपति विकास कोषको सदस्यमा राजु केसी नियुक्त भएका छन् । आइतबार नियुक्त गरिएका केसी यसअघि पनि सदस्य पदमा काम गरेका थिए । पशुपति क्षेत्रको सुधारका लागि विभिन्न काम गर्दै आएका भनेर उनलाई सदस्यमा नियुक्त गरिएको बताइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १८:४८   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।