Logo

प्रमुख समाचार

सरकारको अपिल – ‘सामाजिक सञ्जालबाट शान्ति सुरक्षा भंग हुने खालका अभिव्यक्ति कसैले नदिनू’



काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई मर्यादित तवरले प्रयोग गर्न अपिल गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालमा आधारहिन कुरा, जातीय भेदभाव दुरुत्साहन, शान्ति सुरक्षा भंग हुने खालको सामाग्री प्रकाशन नगर्न सचेत गराएकाे छ ।

बैठकले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुर्‍याउने, जातीय भेदभाव, छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढावा नदिन भनेको हो ।

प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएका कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री प्रकाशन वा प्रसारणजस्ता कार्य नगर्न/नगराउन सरकारको आग्रह छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १९:४१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।