काठमाडौं । बझाङ भूकम्पमा घाइते हुनेको संख्या १७ पुगेको छ ।
एकजना बेपत्ता रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।
उनका अनुसार दुई महिलाको हात खुट्टा भाँचिएको छ ।
“केही व्यक्तिलाई अन्यत्र रिफर गरिएको छ । केहीलाई सामान्य उपचारपछि घर फर्काइएको छ । घरहरू चर्किएमा छन्, कति घर ध्वस्त भएका छन्,” उनले भनिन् ।
मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।















प्रतिक्रिया