Logo

पत्रपत्रिका

कांग्रेसका महामन्त्री : मोही माग्ने ढुंग्रो लुकाउने !



काठमाडाैं । एशियाली खेलकुदको क्रिकेट प्रतिस्पर्धामा नेपालले भारतसँग हारे पनि हाम्रा खेलाडीले दमदार अंक बटुलेर खेल मैदानमा धेरै समय भारतीयको ओठमुख सुकाए ।

खेलले पल्टा खाने दबाब सिर्जना गरिरहे तर आन्तरिक राजनीतिका बहुचर्चित नेता गगन थापाले ठूलो ‘गुलछर्रा’ हाने पनि पार्टीभित्रका प्रतिस्पर्धीहरूले कान ठड्याएकोसम्म पनि देखिएन । कांग्रेस नेतृत्वको प्रतिस्पर्धी दाबा गरे पनि हरेक पटक सत्तापक्षको किनाराको साक्षी बन्न बाध्य भइरहे । गगन बिरासत नै उनको वैरी हो, उनका प्रतिस्पर्धी हाकाहाकी भन्छन् ।

गगन उत्तर फर्किएको घरलाई दक्षिण दिशातर्फ फर्काउनुपर्छ भनेर सधैँ चलाखीपूर्ण कुरा गर्छन् । लाग्छ, अब सोलुखुम्बुको काजीले घरलाई पारिलो हुने गरी फर्काइदिनेछ ! तर सत्य के हो भने उत्तर फर्काएर बनाइसकिएको घरलाई दक्षिणतर्फ फर्काउन सकिँदैन । घर निर्माण गर्नुअघि दक्षिण मोहडाको घर बनाउनु सहज कुरा हो, बनिसकेको घरलाई घुमाउन सकिँदैन । यो कुरा थापाकाजीलाई थाहा नभएको होइन तर पनि उनी थाहा नपाएझैँ गरिरहन माहिर छन् । हरेक निर्णयको विरोध गरेको देखाएर आफूतर्फ ध्यानाकर्षण गर्नु उनको अहिलेसम्मको विशेषता हो तर उनको दहिच्युरे हेराफेरि व्यवहार आफैँले विरोध गरेको निर्णयमा हस्ताक्षर गरेर सधैँ लत्रनुमा गएर टुंगिन्छ ।

गगनले यतिबेला एकैपटक दुईवटा बम विस्फोट गरेका छन् । पहिलो कांग्रेसीहरूले सरकारबाट हटेर वामपन्थीहरूलाई एकलौटी सरकार चलाउन दिने शक्तिशाली बम कांग्रेसवृत्तमा र, दोस्रो वामकित्तामा कांग्रेसको एकलौटी सरकार बनाउन सहयोग लिने अर्को सशक्त गोला विस्फोट ।

आइतबार उनले कांग्रेस र वाम राजनीतिको केन्द्रमा प्रहार गरेका दुई गोला यिनै हुन् । तर अचम्म के भने उनले हानेको पछिल्लो छक्काले कांग्रेस वृत्तमा चौकाको त कुरै नगरौँ, एक/दुई रन जति पनि लहर ल्याउन सकेन । तर वाम बुद्धिजीवी कित्तामा भने गगनको प्रहारलाई ‘विस्फोटक ब्याटिङ’ झैँ नयाँ हलचलका रूपमा प्रस्तुत गरिँदै छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ०९:३५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।