काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् ।
पार्टीको तीन महिने अभियानका लागि अछामको साँफेबगर पुगेका उनी बुधबार बिहान एक्कासी अस्वस्थ भएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।
उनलाई केहीबेरमा काठमाडौं ल्याउने तयारी छ ।
‘साँफेबगरको एउटा होटलमा बसिरहँदा उहाँको एक्कासि बोली बन्द भयो । शरीरको एक भाग चलाउन गाह्रो भयो,’ भट्टले भने, ‘त्यसपछि हामीले उहाँलाई बयलपाटा अस्पताल पुर्यायौं । त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेजमा देखायौं । अहिले काठमाडौं ल्याउने तयारी भइरहेको छ ।’
उनलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको उनले बताए । नेपालगञ्ज मेडिकल कलेजमा सिटी स्क्यान, एक्सरेलगायतका परीक्षण गरिएको छ । टाउकोमा पुरानो चोट देखिएको छ । आचार्यको दाहिन भागमा प्यारालाइसिस भएको आशंका गरिएको छ ।




















प्रतिक्रिया