Logo

अर्थ

लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटलबीच मर्जर सम्झौता, चुक्ता पूँजी ४८ करोड पुग्ने



काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्बन्धि समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड गत असार २८ गतेबाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकीकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड पनि एकापसमा गाभिन लागेका हुन् ।

यसअघि यी दुबै सहायक कम्पनीहरुले अलग अलग रुपमा मर्चेन्ट बैकिङ्गलगायत अन्य सेवाहरु छुट्टा—छुट्टै रुपमा प्रवाह गर्दै आएका थिए । मर्जरपश्चात् कम्पनीको चुक्तापूँजी ४८ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार १३:३८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।