Logo

प्रमुख समाचार

शिक्षा विधेयक संघीयता विरोधी भएको अध्यक्ष राउतको आरोप



काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विद्यालय शिक्षा विधेयक संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा ऐन, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले शिक्षा, निजामति सेवा स्थानीय तहमा भइरहेको अवस्थामा माध्यमिक शिक्षा बोर्डलाई केन्द्र वा संघमा राख्न नहुने बताए ।

अध्यक्ष राउतले भने, ‘यो विधेयक संघीयता विरोधी देखिएको छ । जब लोकसेवा आयोग पनि प्रदेशमा छ । निजामति सेवा स्थानीय तहमा भइरहेको अवस्था छ । यस्तो अवस्थामा माध्यमिक शिक्षा बोर्डलाई केन्द्र वा संघमा राख्नु हुँदैन । कमसेकम प्रदेशसम्म राख्नुपर्छ त्यस्तै खालको ‘जिल्ला शिक्षा कार्यालय ल्याउनु भनेको संघले नियन्त्रण गर्न खोजेको संघीयता विरोधी गतिविधिका रूपमा देखियो । त्यसलाई पनि खारेज गरेर गर्नुपर्छ अगाडि बढ्नुपर्छ ।’

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार १४:०८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।