काठमाडौं । अफगानिस्तानको पुरुष क्रिकेट टोली चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)को फाइनलमा प्रवेश गरेको छ। हाङझाउमा ११६ रनको सामान्य लक्ष्य पाएको अफगानिस्तानले १७.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै फाइनल प्रवेश गरेकाे हाे।
उसका लागि नूर अली जद्रानले सर्वाधिक ३९ रन बनाए। त्यस्तै कप्तान गुलबदिन नायबले २६ रनको योगदान गरे। यसअधि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १८ ओभरमा आफना सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो।
उसका लागि ओमेर युसुफले सर्वाधिक २४ रन जोडेका थिए। त्यस्तै, कप्तान कासिम अकरमले ९ तथा अराफात मिन्हासले १४ रनको योगदान दिएका थिए। अफगानिस्तानका लागि करिस अहमदले सर्वाधिक ३ तथा कैस अहमद तथा जाहिर खानले समान २/२ विटेक लिएका थिए।
अफगानिस्तानले अब स्वर्ण पदकको लागि शनिबार भारतसँग भिड्नेछ।




















प्रतिक्रिया