Logo

खेलकुद

एसियाली खेलकुद : महिला भलिबलमा मंगोलियामाथि नेपालको जित



काठमाडौं । मंगोलियामाथि जित हात पार्दै नेपाली राष्ट्रिय महिला भलिबल टिमले एसियन गेम्सकाे यात्रा टुंग्याएकाे छ । शनिबार ११औं स्थानका लागि भएको खेलमा नेपालको महिला टिमले मंगोलियालाई ३–२ को सेटमा हराएको हो ।

पहिलो सेट १७–२५ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट २५–१८ र २५–२१ ले हात पारेको थियो । चौथो सेट १८– ले गुमाएको नेपालले अन्तिम सेटमा १५–१२ को स्कोर निकाल्दै रोमाञ्चक जित दर्ता गरेको हो ।

मंगोलियालाई हराउँदै नेपालको महिला भलिबल टिमले एसियाडमा ११औं स्थान हासिल गरेको छ । समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग पराजित बनेको क्लासिफिकेसन म्याचमा प्रतिस्पर्धामा उत्रिएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार १२:२६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।