काठमाडौं । दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ ।
आजबाट लामो दूरीको सवारीको लागि बुकिङ खुला गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले, टिकटको मूल्यमा कालोबजारी हुन नदिने, सवारी अभाव हुन नदिने र सरकारले तोकेभन्दा एक रुपैयाँ पनि भाडामा तलमाथि नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
टिकट खुलाएको पहिलो दिन सोमबार बसपार्क क्षेत्रमा निरिक्षण गर्न पुगेका सिटौलाले दसैँका लागि टिकट अभाव हुन नदिन सक्दो प्रयास गर्ने बताए । उनले व्यवसायीलाई तोकिए भन्दा भाडा बढी नलिन आग्रह गर्दै टिकटको कालोबजारी गरेको पाईए कारबाही गर्ने चेतावनी दिए ।
सिटौलाले भने, ‘हामीले वेवसाइटमा राखेको भाडाको जुन रेट छ त्यो तोकिएको भाडाभन्दा एक रुपैयाँ बढी व्यवसायीले नलिनुहोला । काँही छिटो टिकट चाहियो भनेर सिट मिलाउने हिसाबले बाहिरबाट बिचौलियासँग सेवाग्राहीले टिकट लिुनुहुन्छ भने तपाइँहरु आफैं ठगिनुहुन्छ । आधिकारीक काउन्टरमा परिचयपत्र बोकेका आधिकारीक कर्मचारीसँग मात्रै टिकट काट्नुहोस । भाडामा एक रुपैयाँ पनि तलमाथि हुँदैन । यदी कालोबजारी भएको पाइएमा त्यसलाई हामी कानूनी कारबाहीको दायरामा ल्याउँछौ र त्यसको लागि हामी सचेत छौ ।’
दसैं लगायतका ठूला पर्वहरुमा लामो तथा छोटो दूरीका सवारीमार्फत ठूलो संख्यामा उपत्यका लगायतका देहका विभिन्न शहर र स्थानबाट नागरिकहरु गन्तव्यतर्फ जाने हुँदा त्यसको लागि आवश्यक सवारी व्यवस्थापन गर्न महासंग तयार रहेको भन्दै सिटौलाले सरकारले द्रुत गतिमा सडकको स्तररोन्नति गर्नुपर्नेमा जोड दिए ।
‘उपत्यका देखि बाहिर जानेहरुसँगै मेची महाकालीबाट भारतीय नाका हुँदै १० औँ लाख नेपाली घर आउनुहुन्छ । यो सबैको व्यवस्थापनको लागि मैले बारबार भनेको छु सरकारले सडकलाई स्तरोन्नति गर्न द्रुत गतिमा काम सुरु गर्नुपर्छ । हामीलाई बुकिङ खोल्नुहोस,टिकट दिनुहोस भनेरमात्र हुँदैन,यात्रुले टिकट काटेपछि घरजाने दिन सुरक्षित रुपमा गन्तव्यमा पुग्नुपर्छ । यसमा सबैको सहयोग र समन्वय जरुरी छ ।’ सिटौलाले बताए ।




















प्रतिक्रिया