बैंक तथा वित्तियहरुले एकीकृत वित्तिय प्रतिवेदन लगायतका वित्तिय परिसकुचहरुको अन्तिम वित्तिय प्रतिवेदन हरेक त्रैमास सकिएको १५ दिन भित्र प्रकाशित गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले हालै एकीकृत निर्देशन संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि त्यस्ता प्रतिवेदन १ महिना भित्र प्रकाशित गर्नुपर्ने प्रावधान थियो ।
बैंक तथा वित्तिय संस्थाले १५ दिन भित्र राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने छ । साथै, त्यसकोे एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्ने बताइएको छ ।
साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण यस बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु बताइएको छ । यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया