Logo

प्रमुख समाचार

सुन्धाराको होटलमा मृत भेटिइन् युवती



काठमाण्डाैं । काठमाडौंको सुन्धारास्‍थित एक होटलमा युवती मृत फेला परेकी छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा युवती मृत फेला परेको प्रहरीले जनाएको छ। ललितपुर इमाडोलकी १७ वर्षीया भूमिका राउत सोमबार मृत फेला परेको प्रहरीको भनाइ छ।

उनी उक्त होटलमा गत असोज ८ गतेदेखि बस्दै आएकी थिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार, १७ वर्षीया भूमिका राउत र उनका प्रेमी होटलमा बसिरहेका थिए । तीन दिनअघि उनीहरुसँग भएको पैसा सकिएपछि पैसा लिएर आउँने आश्वासन दिएर प्रेमीबाहिर निस्किए ।

पैसा लिएर सोमबार बिहान प्रेमिका बसेको होटलमा पुग्दा ढोका नखुलेपछि प्रहरीलाई जानकारी पुगेकाे हाे। लगत्तै प्रहरी वृत्त, जनसेवाको टोली पुगेर ढोका फोड्यो । त्यसक्रममा भूमिका मृत अवस्थामा भेटिइन् । नजिकै विषको बट्टा पनि बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए ।

मंगलबार राउतको परिवारले प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएको छ । लगत्तै प्रहरीले प्रेमीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । काठमाडौं प्रहरीका अनुसार उनलाई हिरासतमा राख्न अनुमति लिन अदालतमा पुर्‍याइएको छ ।

घटनास्थलमा सुसाइड नोट वा अरु कुनै संकेत फेला नपरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार युवतीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ भने युवतीको भिसेरा जाँच पनि गर्ने तयारी छ ।

भिसेरा जाँचबाट युवतीले मृत्यु हुनुअघि के के खाएकी थिइन् भन्ने खुल्ने अधिकृतहरु बताउँछन् ।

प्रकाशित मिति : आश्विन २३, २०८० मंगलबार  ३ : ०२ बजे

273
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।