काठमाडाैं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विद्यार्थीलाई स्वदेशमा अध्ययन गरेर विकास निर्माणको काममा लाग्न अपील गरेका छन् । बिहीबार काठमाडौंमा नेपाल विद्यार्थी संघ, ग्रामीण आदर्श बहुमुखी क्याम्पस इकाइ कार्यसमितिद्वारा आयोजित शुभकामना आदान प्रदfन कार्यक्रममा गुरुङले विद्यार्थीबाट जनताहरूले ठूलो अपेक्षा राखेको बताए ।
अध्यक्ष गुरुङले विद्यार्थी र युवाहरूलाई विदेश जानबाट रोक्न नसकेकोमा चिन्ता जनाएका छन् । उनले भने, ‘विद्यार्थीसँग हरेक नागरिकले अपेक्षा गरेको छ । अपेक्षा राखेको छ । देशलाई बचाउने जिम्मेवारी युवाहरूको हो । विदेश जाने क्रम बढेको छ । युवा विद्यार्थीलाई रोक्न सकेका छैनौँ । नेपालीहरूलाई आशा जगाउने काम तपाईहरूले गर्नुपर्छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, नेविसंघका इकाइ सभापति मुक्ति पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो । दशैँ, तिहार लगायतका चाढपर्वको अवसरमा नेविसंघले शुभकामना आदान प्रदानका लागि कार्यक्रम राखेको थियो ।





















प्रतिक्रिया