Logo

समाचार

आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य मन्त्रालयलाई विनोद चौधरीले पठाउन लगाए तीन जना चिकित्सक



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का विभिन्न तीन स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ ।

नवलपरासी-१ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पहलमा मन्त्रालयले तीन जना चिकित्सक पठाएको हो ।

मन्त्रालयका अनुसार चिसापानी अस्पताल, बर्दघाटका लागि डा मोहम्मद रजा अन्सारी, पकलिहवा स्वास्थ्य चौकीमा डा पंकज कुमार यादव र जगन्नाथ स्वास्थ्यचौकीका लागि डा विपुल कुमार झालाई पठाइएको छ । तीनै जना सरकारको छात्रवृत्ति २ वर्षे करार अन्तर्गत चिकित्सक हुन् ।

उनी निर्वाचित भएपछि चौधरी फाउण्डेसनको सहयोग र अन्य राज्यका निकायसँगको समन्वयनमा स्वास्थ्यसंस्थाको स्तरोन्नति र सेवा विस्तारको काम भइरहेको छ । स्वास्थ्य मन्त्रालयले तीन जना एमविविएस चिकित्सक पठाउने निर्णयले नवलपरासीका नागरिकले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १४:४९   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।