काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र नेतृत्वको निर्देशन नमान्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
ओलीले पार्टी स्कुल विभागको आयोजनामा शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित प्रशिक्षकहरुलाई निर्देशन दिँदै पार्टीभित्रको अराजकता स्वीकार गर्न नसकिने बताए ।
अराजकतालाई एक इन्च पनि स्वीकार्न नसकिने उनको भनाइ थियो । ओलीले पार्टीमा जनवाद (लोकतन्त्र) मात्र मान्ने र केन्द्रीयता (माथिको आदेश) नमान्ने प्रवृत्ति घातक रहेको ओलीले बताए ।
ओलीले पार्टीमा अनुशासनको पक्ष कमजोर भएकाले सुदृढ अनुशासनका लागि काम गर्नुपर्नेमा जोड दिए । ओलीले पार्टीको महासचिव, उपमहासचिव मान्दिन । फलानो मान्दिन भन्न नपाइने बताए ।
‘म महासचिव, उपमहासचिव मान्दिनँ । के भनेको त्यो ?’, उनले प्रश्न गरे, ‘कसलाइ मान्ने त ? घरमा गएर बालाई मान्छ ? आमालाई मान्छ ?’ ओलीले जनवादको मात्र कुरा गरेर नीति, विधि र निर्देशन नमान्ने मानिस पार्टीमा बस्न नसक्ने उल्लेख गरे ।
उनले पार्टीमा केन्द्रीयतासहितको जनवाद नभई जनवादसहितको केन्द्रीयता हुनुपर्ने बताए ।




















प्रतिक्रिया