Logo

खेलकुद

आईसीसी विश्वकपमा क्रिकेटका दुई महाशक्ति राष्ट्र भारत र पाकिस्तान भिड्दै



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप २०२३ मा आज क्रिकेटका दुई महाशक्ति राष्ट्रहरू भारत र पाकिस्तानबीच भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो २:१५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुनेछ ।

भारत र पाकिस्तानको खेललाई क्रिकेटको एलक्वालासिको भनिन्छ । विश्वकपको सबैभन्दा बढी प्रतिक्षा गरिएको खेल निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

भारतले अघिल्लो महिना एसिया कपमा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । भारत एसिया कप जित्दै उच्च मनोबलका साथ विश्वकप खेल्न आएको छ । विश्वकपमा पाँच पटकको विश्वकप विजेता अष्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो ।

पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । त्यस्तै श्रीलंकालाई पाकिस्तानले ६ विकेटले हराएको थियो । श्रीलंकालाई हराउँदा पाकिस्तानले ३ सय ४५ रनको विशाल लक्ष्य पूरा गरेको थियो । त्यसैको कारण पाकिस्तानको मनोबल पनि उच्च छ ।

आन्तरिक राजनीतिको कारण यी दुई देशले एसिया कप र विश्वकप मात्रै खेल्दै आएका छन् । त्यसैको कारण विश्व क्रिकेटमा सबैभन्दा बढी लोकप्रियताका साथ हेरिन्छ । भारत घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै पाकिस्तानलाई हराउन चाहन्छ । पाकिस्तान भारतलाई घरेलु मैदानमा हराउँदै उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १२:२३   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।