Logo

खेलकुद

काभा पुरुष भलिबल : नेपाल उज्वेकिस्तानसँग पराजित



काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले उज्वेकिस्तानसँग सोझो सेटको हार ब्यहोरेको छ । शनिबार कोलम्बोको सुगथदसा इन्डोर हलमा लिग चरणको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा हार ब्यहोरेको हो ।

पहिलो सेट २५–२२ ले गुमाएको नेपालले दोस्रो सेट २५–२० र तेस्रो सेट २६–२४ ले गुमाएको थियो । लिग चरणको पहिलो खेलमा बंगलादेशलाई हराएर शानदार सुरुआत गरेको नेपाल दोस्रो खेलमा आयोजक श्रीलंकासँग सोझो सेटमा हारेको थियो ।

तेस्रो सेटमा अफगानिस्तानलाई हराएको नेपाल चौथों खेलमा साउदी अरबसँग टक्करको खेलमा हारेको थियो । एसियन गेम्समा सहभागी भएर नेपाली भलिबल टिम काभा च्यालेन्ज खेल्न श्रीलंका गएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार २१:२३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।