Logo

राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले एमाले अध्यक्ष ओलीलाई पनि भेटे



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । नियुक्त भएकै दिन शनिबार काठमाडौं आइपुगेका उनले शनिबार नै कांग्रेस नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ (५) अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् ।

कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एकजना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका बताइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार ११:२३   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।