विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी कांग्रेसका ८ सांसदको विद्रोह र एमालेको सहयोगमा मन्त्री बन्न सफल भएका हुन् ।
प्रतिक्रिया