Logo

खेलकुद

त्रिकोणात्मक टी–२० शृंखलाका लागि नेपाली टाेली घोषणा, ललितको ‘कमब्याक’



काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टीमको घोषणा भएको छ । विश्वकप छनोटको तयारीस्वरुप नेपालले आयोजना गर्न लागेको त्रिकोणात्मक शृंखला बुधबारदेखि सुरू हुनेछ ।

नेपाल, यूएई र हङकङबीच हुने यो श्रंखलाका लागि ललितनारायण राजवंशीले कमव्याक गरेका छन् । उनी यसअघि घाइते थिए । टीममा सन्दीप लामिछाने छैनन् । अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरिएको भन्दै उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् । गुल्सन झा, विवेक यादब र अविनाश बोहरा पनि टोलीमा छन् ।

 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १३:३४   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।