काठमाडौं । कोशी प्रदेशमा भएको विद्रोहबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीहरूको बैठक बोलाएका छन् । कोशीमा शेखर कोइराला पक्षले गरेको विद्रोहलगायत समासायिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
धुम्बाराहीस्थित देउवा निवासमा बैठक ४ बजे बस्नेछ । देउवाले उपसभापतिहरू पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न लागेका हुन् ।
कोशीमा नेता शेखर कोइरालाले विद्रोह गरेर एमालेसँग समीकरण थालेपछि कांग्रेसभित्र विवाद चुलिएको छ । कोशीमा शेखर पक्षका केदार कार्की मुख्यमन्त्री बनेका छन् । उनलाई सत्ता गठबन्धनले पनि साथ दिने भएको छ । तर, त्यसबाट विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि देउवाले बैठक राखेका हुन् ।




















प्रतिक्रिया