Logo

प्रमुख समाचार

समाजवादी मोर्चाको अन्तिम उद्देश्य एउटै पार्टी बन्ने हाे : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको अन्तिम उद्देशय मोर्चा मात्रै नभएको बताएका छन् । उनले मोर्चालाई एउटै पार्टी बनाउने आफूहरूको अन्तिम उद्देश्य रहेको स्पष्ट पारे । समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मोर्चा नै अन्तिम उद्देश्य होइन, यसलाई एउटै पार्टी बनाउने लक्ष्य रहेको छ ।’

कोशी प्रदेशको सन्दर्भमा धारणा राख्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेसभित्र तीव्र असन्तुष्टि र मतभेद रहेको बताए । ‘एमाले भित्र पनि थाहा पाइरहनु भएको होला । एमालेभित्र चिरा परेको छ । कांग्रेस पार्टी हो की मञ्च हो की मोर्चा हो ? बुझिनसक्नु छ’, उनले भने, ‘कोशीमा हाम्रो एउटा गठबन्धन छ अर्को असन्तुष्ट कांग्रेससँग एमालेको गठबन्धन छ ।’

प्रचण्डले दुई दिनसम्म कोशीको समस्या समाधान गर्न आफूले पहल गरेको बताए । उनले विश्वासको मत लिनुभन्दा पहिले एक मन्त्री मात्रै बनाउने सहमति भएको तर त्यहाँ २ मन्त्री नियुक्त गरेकोमा असन्तुष्टि समेत जनाए । शेरबहादुर देउवा, आफू र शेखर कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरेर तत्कालको लागि समस्या समाधान गरेको प्रचण्डको भनाइ थियो । ‘तीनजना बसेर सहमति पत्रमा हस्ताक्षर भयो । यति भएपछि ढुक्क भइयो भनेको फेरि अर्को कुरा आयो’, उनले भने, ‘नेपाली कांग्रेसको एक मन्त्री बनाउने भनेको एक एमालेको छिराइहालेछ ।’

प्रधानमन्त्री प्रचण्डले यही गठबन्धन पाँच वर्षसम्म चल्ने बताए । प्रधानमन्त्री गठबन्धन पूरै कार्यकाल चल्ने दाबी गरिरहँदा एमालेले भने सरकारको आयु अबको दुई महिनामात्रै रहेको बताउँदै आएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १८:०४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।