Logo

खेलकुद

फिफा विश्वकप छनोट : लाओसविरुद्धको दोस्रो खेलमा नेपालको ३ खेलाडी परिवर्तन



काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक चरण छनोट अन्तर्गत नेपालले लाओस विरुद्ध दोस्रो लेगको खेल मंगलबार खेल्दैछ । लाओसको घरेलु मैदानमा भइरहेको उक्त खेलका लागि नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।

मिडफिल्डरहरु एरिक विष्ट, उत्सव राई र दिनेश हेन्जन दोस्रो लेगमा पहिलो रोजाइमा खेल्दैछन् । तीनै खेलाडीले पहिलो लेगमा वैकल्पिक खेलाडीको रुपमा खेलेका थिए । गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा रहेको टोलीमा रोहित चन्द, अनन्त तामाङ र सनिश श्रेष्ठ डिफेण्डरको रुपमा छन् ।

यस्तै मिडफिल्डमा लकेन लिम्बुले निरन्तरता पाएका छन् । अञ्जन विष्ट, मनिष डाँगी र जिलेस्पीजंग कार्की फरवार्डको रुपमा छन् ।

गत बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल ११ को बराबरीमा सकिएको थियो । छनोटको दोस्रो चरणमा पुग्नका लागि नेपाललाई आजको खेल जित्नैपर्नेछ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १७:५१   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।