Logo

प्रमुख समाचार

कोशी प्रदेश : ‘विद्रोही’ कार्कीलाई कांग्रेसले पनि विश्वासको मत दिने



विराटनगर । नेपाली कांग्रेस कोशीले पार्टीबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । बुधबार बसेको कोशी संसदीय दलको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यस्तै बैठकले उद्धव थापाले दिएको राजीनामा स्वीकृत नगरी अर्को व्यवस्था नभइन्जेलका लागि उनलाई नै दलको नेताको जिम्मेवारी दिइएको छ । थापाले केही दिन अघि दलको नेताबाट राजीनामा दिएका थिए ।

कोशीमा शेखर पक्षका ८ सांसदले विद्रोह गरेर एमालेसँगको समीकरणमा केदार कार्कीलाई मुख्यमन्त्रीको रूपमा अघि सारिएको थियो । दलको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै कोशी प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।

एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका छन् । कार्कीले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

 

याे पनि…

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने एमालेको निर्णय

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १२:०९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।