Logo

अर्थ

स्वावलम्बन लघुवित्तले १२ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।

संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमा १२.३५९९ बोनस सेयर र कर प्रयोजनार्थ ०.६५०५ प्रतिशत नगद लाभांश छन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १, २०८० बुधबार  १२ : ४९ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।