Logo

कोशी प्रदेश

विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री कार्कीले भने– ‘स्थिर सरकारको खाँचो पूरा भयो’



काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको बताएका छन् । प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा उनले राजनीतिक परिस्थितिले आफू मुख्यमन्त्री बन्न पुगेको बताए ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको नियुक्त भएका कार्कीले प्रदेशसभाबाट बुधबार विश्वासको मत लिँदैछन् । विश्वासको मतको प्रस्ताव राख्दै कार्कीले सबै राजनीतिक दल मिलेर जानुपर्ने बताए ।

प्रदेशमा हुने कामका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने र सुशासन तथा संघीयताको औचित्य पुष्टि गर्न सबै एकजुट भएर जानुपर्ने उनको भनाइ थियो । प्रदेशलाई प्रभावकारी बनाउन कानुन निर्माणमा जुट्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १३:५९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।