Logo

प्रमुख समाचार

कार्कीलाई गठबन्धनको मुख्यमन्त्री बनाइदएिकोमा पूर्वमुख्यमन्त्री राईले दिए एमालेलाई धन्यवाद



विराटनगर । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । बुधवारको प्रदेशसभा बैठकमा बोल्दै एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले मध्यावधि निर्वाचनबाट जोगाउन कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका हुन् ।

साथै कार्कीलाई एमालेले मुख्यमन्त्री बनाएको धन्यवाद समेत दिए । एमालेले मुख्यमन्त्री बनाए पनि कार्की गठबन्धनको मुख्यमन्त्रीको भूमिकामा रहने विश्वास व्यक्त गरे । ‘हामीले गठबन्धनको मुख्यमन्त्री बनाउन सकिरहेका थिएनौं । अहिले एमालेले नै गठबन्धनको मुख्यमन्त्री बनाइदिएकोमा एमालेलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु’, राईले भने ।

नेता राईले वर्तमान सरकारले कोशी प्रदेशको नामकरणबारे ध्यान दिने अपेक्षा गर्दै विगतमा सरकारले काटेका योजनाहरूबारे सोच्नुपर्ने बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १४:२१   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।