काठमाडौं । क्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाललाई यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले पूरै ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनायो ।
यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।
नेपालका लागि करण केसीले सर्वाधिक तीन तथा गुल्शन झाले दुई विकेट लिए । अभिनास बोहरा र सोमपाल कामीले एक/एक विकेट लिए । करणले चार ओभर बलिङ गर्दा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै गुल्शनले तीन ओभर बलिङ गर्दा ११ रन खर्चेर दुई विकेट लिएका छन् ।




















प्रतिक्रिया