Logo

खेलकुद

नेपाललाई यूएईले दियो १४१ रनको लक्ष्य



काठमाडौं । क्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाललाई यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले पूरै ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनायो ।

यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

नेपालका लागि करण केसीले सर्वाधिक तीन तथा गुल्शन झाले दुई विकेट लिए । अभिनास बोहरा र सोमपाल कामीले एक/एक विकेट लिए । करणले चार ओभर बलिङ गर्दा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै गुल्शनले तीन ओभर बलिङ गर्दा ११ रन खर्चेर दुई विकेट लिएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १४:४७   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।