Logo

प्रमुख समाचार

एमाले जतिसक्दो छिटो कोशी सरकारबाट बाहिरिनुपर्छ : इन्द्रबहादुर आङ्बो



विराटनगर । नेकपा माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी सरकारबाट एमाले चाँडै बाहिरिनुपर्ने बताएका छन् । बुधबार मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएपछि प्रदेशसभा बाहिर पत्रकारहरुसँग कुरा गर्दै आङ्बोले एमालेले गठबन्धनको कमजोरी टेकेर सरकारमा पुगेको बताए ।

‘अब एमाले चाँडो भन्दा चाँडो सरकारबाट बाहिरिएर आफ्नो नैतिकता प्रदर्शन गरोस्’, उनले भने । मुख्यमन्त्री कार्की कांग्रेस सांसद भएर पनि गठबन्धनको भावना आत्मसात नगरेको तर आफूहरुले गठबन्धनको भावना अनुसार विश्वासको मत दिएको उनले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १७:५७   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।