काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौँले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले ८४ को निर्वाचनमा गठबन्धन हुन नसक्ने भन्दै यदि कांग्रेस गठबन्धन गरेर गए पार्टी एक नरहने बताएका हुन् ।
थापाले निर्वाचनपछि गठबन्धन गर्न सकिने र सरकार चलाउन गठबन्धनमा रहेका मध्ये एकलाई निश्चित समय एक्लै चलाउन दिनुपर्ने धारणा राखे ।
निर्वाचनअघि गठबन्धन गरेर जानु सैद्धान्तिक रुपमा नै गलत भएको उनले बताए । गठबन्धनमा रहेपछि संयुक्त नीति तथा कार्यक्रमका आधारमा सरकार चल्नुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे ।
त्यस्तै उनले उनले कोशी प्रदेशको राजनीतिक परिघटनापछि वाग्मती प्रदेशमा पनि सरकार फेर्नुपर्ने र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै सांसदहरू आफूलाई भेट्न आएको बताए ।
प्रतिक्रिया