Logo

अर्थ

होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ हालै होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिंग गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नजिकिदै गरेको राष्ट्रिय चाड दशै तिहार तथा छठलाई लक्षित गर्दै संचालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागु हुनेछ ।

आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : कार्तिक २, २०८० बिहीबार  ३ : ३६ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।