Logo

खेलकुद

त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा पुग्न आज यूएई र हङकङ खेल्दै



काठमाडाैं । त्रिकाेणात्मक टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा पुग्न आज यूएई र हङकङ खेल्दैछन् । खेल मूलपानी क्रिकेट मैदानमा दिउँसो एक बजे सुरु हुनेछ ।

नेपाल, यूएई र हङकङ सहभागी शृङ्खलामा चार खेलमा अपराजित रहँदै नेपाल फाइनलमा पुगिसकेको छ । नेपालको आठ अङ्क छ । एक खेल जितेको यूएई दुई अङ्कसहित दोस्रो स्थानमा छ ।

हङकङ अङ्कविहीन छ । आजको खेल जितेमा वा बराबरी भएमा यूएई फाइनलमा पुग्नेछ । आजको खेलमा जितसहित रनरेटमा यूएईलाई पछि पार्न सके मात्रै हङकङ फाइनलमा पुग्नेछ ।

फाइनल खेल पर्सि शुक्रबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार १०:५९   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।