Logo

राजनीति

बाबुराम भट्टराई : नयाँ ढंगकाे अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित

भन्छन्– 'पुराना क्रान्तिकारी नेताहरू नै सत्तास्वार्थको चास्नीमा डुब्नु अहिलेको प्रमुख समस्या हाे'



काठमडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना क्रान्तिकारी नेताहरू नै सत्तास्वार्थको चास्नीमा डुब्न पुग्नु देशको अहिलेको प्रमुख समस्या भएको बताएका छन् । २००७ सालमातिर विपी र पुष्पपालहरूले सुरु गरेका लोकतान्त्रिक क्रान्ति २०७२ को संविधान जारी भएसँगै सापेक्ष पूर्णतामा पुगेको भएपनि त्यसयता जनतालाई सुशासन, समतामूलक समृद्धिको प्रत्याभूति र समग्र क्रान्तिको निरन्तरता दिन पूराना दलहरू चुकेको उनको ठम्याइ छ ।

सामाजिक संजालमा डा. भट्टराईले लेखेका छन्, ‘नेपालमा २००७ सालतिर बिपी र पुष्पलालहरूले शुरू गरेको पुककजीवादी लोकतान्त्रिक क्रान्तिलाई ६५ बर्षसम्म संघर्षका विभिन्न उतारचढाव हुककदै हाम्रो पुस्ताले २०७२ सालमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर सापेक्ष पूर्णतामा पुर्याएकै हो। परन्तु त्यस यताको समयमा त्यो ऐतिहासिक राजनीतिक क्रान्तिलाई पछिल्लो भू–राजनीतिक र भू–आर्थिक विशेषता र नेपालको विशिष्ठता अनुरूप नयाकक आर्थिक–सामाजिक क्रान्तिको विचार/नीति/योजना/कार्यान्वयन मार्फत रक्षा र विकास गर्दै आम जनतालाई सुशासन र समतामूलक समृद्धिको प्रत्याभूति र समग्र क्रान्तिको निरन्तरता दिनु पर्नेमा पुराना क्रान्तिकारी नेताहरू नै सत्तास्वार्थको चास्नीमा डुब्न पुग्नु अहिलेको नेपालको प्रमुख समस्या हो ।’

आफूहरूले विगतमै यो कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचारसहितको नयाँ शक्ति निर्माणको प्रयत्न गर्दै आएको पनि अध्यक्ष भट्टराईले उल्लेख गरेका छन् । तर बिचबिचमा आफूहरूले तीनै पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान प्रयत्न गर्दा धोका खाएको उल्लेख गरेका छन् । भट्टराईले अब नयाँ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भइरहेको बताएका छन् । उनले भनेका छन्, ‘हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचार सहितको ‘नयाँ शक्ति’ को आवस्यकता भनेका हौं र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौं। परन्तु वीचवीचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोशिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन । केही समय यता हामी आफ्ना गल्तीकमजोरीलाई सच्याएर नयाँ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भैरहेका छौं।’

यो बिचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढ्दै जानु स्वभाविक रहेको उल्लेख गर्दै डा. भट्टराईले यसलाई नयाँ सृजनाको जननी भनेका छन् ।

बृहत् वामन्थी ध्रुवीकरणको बहसकाबीच चलेको नेकपा माओवादी केन्द्र र बाबुरामकाे नेसपाबीच पार्टी एकीकरणको चर्चा अहिले सेलाइसकेकाे छ । अधिकांश एजेन्डा मेल खाएको भन्दै निकट भविष्यमै एक हुने गरी गत आमनिर्वाचनमा यी दुई पार्टीका उम्मेदवार एउटै चुनाव चिह्नबाट लडेका थिए ।

तर अहिले माओवादीतर्फ लक्षित गर्दै भट्टराईले धाेका दिएकाे भन्दै अब पुन: नयाँ ढंगकाे अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा केन्द्रित भएकाे जनाएका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार १४:१८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।