Logo

प्रमुख समाचार

नयाँ दललाई संकेत गर्दै देउवाले भने- हाम्रो सकेको आलोचना गर्नुस्



काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले पुरानादल र नेताको आलोचना हुनु स्वभाविक भएको बताएका छन् ।

दसैं, तिहार र छठ पर्वका अवसरमा शनिबार पार्टीद्वारा आयोजितचियापानमा देउवाले ठूला दल बिस्थापित गर्नुपर्छ भन्ने कुरालाई आफूले सकारात्मक रूपमा लिएको बताए । काम गर्नुपर्‍यो भन्नु राम्रोकुरा भएको उनको भनाइ थियो ।

ठूला दलका सामु चुनौती खडा भएको भन्ने मान्न भने आफू तयार नरहेको उल्लेख गरे । यद्यपिआफूहरुको सकेसम्म आलोचना गर्न देउवाले आग्रह गरे । फरक प्रसंगमा उनले पार्टीभित्र मेलमिलाप छैन भन्ने सत्य नभएको उल्लेख गर्दैमेलमिलापका लागि आफू प्रयासरत रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार ०६:५१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।