Logo

प्रमुख समाचार

०८४ को चुनावमा पुराना दललाई एक सिट पनि ल्याउन दिन्नौं : लामिछाने



ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आगामी २०८४ सालको निर्वाचनमा आफ्नो दलले कुनै पनि पार्टीलाई एक सिट ल्याउन नदिने बताएका छन् ।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् । मुलुकलाई भ्रष्टाचार र अविकासबाट मुक्ति दिलाउन पुराना दललाई सून्य सिटमा झानुपर्ने उनको भनाइ थियो । लामिछानेले संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि दलले जनताको पक्षमा काम नगरेको आरोप लगाए ।

नयाँ दल र जनतालाई चुनौती दिन दिनदहाडै व्यक्ति हत्या गर्नेलाई संविधान दिवसका दिनमा उन्मुक्ति दिने काम गरिएको बताए ।

‘दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर के गर्न सक्छौ गर भनेर हामीलाई ठाडै चुनौती दिए । यस्ता कयौं बेथितिका चुनौती दिएका छन’, लामिछानेले भने । भ्रष्टाचारका फाइल खोल्ने भन्ने अनि तर्सिएर बन्द गरिएको टिप्पणी उनले गरे ।

‘तपाईंहरूको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केही मानिसले हामीलाई भन्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । केमा दिने, कति दह्रो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने वा दबाब दिने होइन । २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने’, उनले भने ।

उनले मतदातालाई पुराना दल हुन एकरदुई सिट दिनुपर्छ भन्ने सोच नराख्न पनि भने । ‘के तपाईं थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ?’, उनले भने ।

नेपालीहरूको सुनौलो भविष्यको नारा दिने दल र नेताले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको आरोप लगाए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।