Logo

राजनीति

यूएन महासचिव गुटेरेसले भने– ‘संक्रमणकालीन न्यायको प्रक्रियामा सघाउन तयार छौं’



काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताएका छन् ।

महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

महासचिव गुटेरेसले न्याय निरुपणको प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने बताए । नेपाल विकासोन्मुख देशमा बढुवा हुन लाग्नुका साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको उनले बताए ।

महासचिव गुटेरेसले भने, ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउनुुपर्छ ।’

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १५:४५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।