Logo

अर्थ

दसैँपछि खुलेको पहिलो दिन नै सेयर बजारमा २८ अंकको गिरावट



काठमाडौं  । दसैँको लामो विदापछि खुलेको सेयर बजार पहिलो दिन नै ओरालो लागेको छ । आज आइतबार सेयर बजार मापक नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा झरेको छ ।

यसदिन कारोबार रकम पनि घटेको छ । आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको छ । दसैँअघिको अन्तिम कारोबारमा ९७ करोड ६ लाख रूपैयाँको सेयर किनबेच भएको थियो ।

कारोबारमा आएका सबै १३ वटा समूहगत परिसूचक घटेका छन् । यसदिन कारोबारमा आएका २८३ कम्पनीको २७ लाख १२ हजार १२३ कित्ता सेयर खरिदबिक्री भएको छ । यसदिन २७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ २ सय वटाको मूल्य भने घटेको छ ।

आइतबारबाटै कारोबारमा आएको सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । पहिलो कारोबार तीन सय ५० रूपैयाँबाट भएकोमा बजार बन्द हुन्दासम्म कम्पनीको सेयर मूल्य तीन सय १५ रूपैयाँ कायम भएको छ ।

नेशनल हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै भएको छ । यसदिन सिवाईसी नेपाल लघुवित्त र अप्पर सोलु हाइड्रो को सेयर मूल्य सबैभन्दा धेरै वृद्धि भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १५:५९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।