काठमाडाैं । एक दिवसीय विश्वकपअन्तर्गत आइतबारकाे खेलमा घरेलु टोली भारतलाई इङ्ल्यान्डले २३० रनमा राेक्न सफल भएकाे छ । टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२९ रन जोड्यो ।
भारतको पालीमा कप्तान रोहित शर्माले ८७, सूर्यकुमार यादवले ४९ र केएल राहुलले ३९ रन जोडे । ४० रन जोड्दा ३ विकेट गुमाएको अवस्थामा रोहितले चौथो विकेटका लागि केएल राहुलसँग ९१ रनको साझेदारी गरेका थिए ।
भारतका सुभमन गिल ९ र श्रेयस अयर ४ रन बनाएर आउट भए भने विराट कोहलीले खातासमेत खोल्न सकेनन् । इङ्ल्यान्डका डेभिड विल्लीले ३ तथा क्रिस वोक्स र अदिल रसिदले २/२ विकेट लिए ।
जारी विश्वकपमा भारत अपराजित टिम हाे । अहिलेसम्म खेलेका पाँच खेलमध्ये भारतले सबै खेल जितेकाे छ भने साविक विजेता इंग्ल्याण्डले पाँचमध्ये मात्र चार खेल जितेकाे छ ।




















प्रतिक्रिया