काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध १ विकेट लिएका छन् । टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले ७ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिएको छ ।
गुल्सन झाले १ विकेट लिएका छन् ।
नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । त्रिकोणात्मक सिरिजमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने थिएनन् । सन्दीप विश्वकप छनोट टोलीमा हुँदा स्पिनर ललित राजवंशी बेन्चमा छन् ।
ललित पूर्ण रुपमा फिट पनि छैनन् । सन्दीपलाई अफस्पिनर दीपेन्द्रसिंह ऐरीले साथ दिनेछन् । कुशल मल्ल तेस्रो विकल्प हुनेछन् । आवश्यक परेमा रोहित पौडेल र कुशल भुर्तेल पनि स्पिन गर्न सक्छन् । नेपालसँग स्पिनमा पार्टटाइममा धेरै विकल्प छन् । त्यसैले ललितलाई बेन्चमा राख्दै सन्दीपलाई खेलाउने निर्णय लिएको हो ।




















प्रतिक्रिया